Comments Add Comment

सलमानलाई पछ्याउँदै आर्यन(भिडियो)

aaryan-and-surbina
मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाईके’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक दोश्रो ट्रेलरमा नायक आर्यन सिग्देलको एक्सनलाई प्राथमिकता दिइएको छ ।

सार्वजनिक दोश्रो ट्रेलरले सलमान खानको चलचित्र ‘वान्टेड’लाई संझाउँछ । आर्यन सिग्देल सलमानको फ्यान भएकाले पनि उनले आफ्नो यो चलचित्रमा ‘वान्टेड’का धेरै मसला मिसाउने काम गरेका छन् ।

नेत्र गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सुरबिना कार्कीले आर्यनलाई साथ दिएकी छिन् । एक्सन मन पराउने दर्शकका लागि आर्यनको यो चलचित्र रोचक हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment