Comments Add Comment

राष्ट्रसंघद्वारा जुन २१ लाई अन्तराष्ट्रिय योगा दिवस घोषणा

yoga

२६ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई अन्तराष्ट्रिय योगा दिवस घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई स्वीकार्दै राष्ट्रसंघले योगा दिवस घोषणा गरेको हो । राष्ट्रसंघका लागि भारतीय राजदूत अशोक मुखर्जीले यो प्रस्तावमा मिलेको समर्थन एक कीर्तिमान भएको बताएका छन् ।

प्रस्ताव राख्दा १३० देशले समर्थन गरेका थिए भने १७५ देशको समर्थनमा प्रस्ताव पारित भएको छ ।

पूर्वीय दर्शनमा स्वास्थ्यका लागि योगा परापूर्व कालदेखि नै प्रचलित छ । पछिल्ला बर्षहरुमा पश्चिमा मुलुकहरुमा पनि योगा निकै लोकप्रिय हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment