Comments Add Comment

समयमा संविधान जारी गर्न अष्ट्रेलियाबाट दबाब

sambidhan 4मेलबर्न । तोकिएको मितिमा संविधान निर्माणका लागि दवाव दिन प्रवासमा रहेका नेपालीहरूले पनि दबाब अभियान चलाएका छन् । अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपालीहरूले समयमै संविधान निर्माणका लागि दबाब दिन प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

sambihan 2नेपालमा माघ ८ गते संविधान बन्ने नबन्ने अन्यौलता कायम भएकोले समयमै समयमै संविधान जारी हुनुपर्ने माग राख्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले मेलबर्नमा रचनात्मक अभियान नै शुरु गरेका हुन् ।

नेपालमा संविधानका लागि दबाब अभियानमा मेलबर्नमा रहँदै आएका प्राध्यापक, विद्यार्थी, व्यवसायी, एनआरएन प्रतिनिधिहरु लगायतले ऐक्यवद्दता जनाएका छन् ।

आफैले तोकेको समयावधि भित्र संविधान जारि गरी देशलाई विकासको बाटोमा अगाडी लैजानु आजको आवश्यकता भएको भन्दै नेपाली समुदायले आफ्नो ठाउँबाट दवाब सिर्जना गर्नुपर्ने अवस्था आएको अभियान कर्ताहरुले बताएका छन् ।

sambidhan 3यो अभियान अन्तर्गत अभियानकर्ताहरुले दवाबमुलक नारा लेखिएका प्लेकार्ड सहित व्यक्तिगत तस्विर खिचाई सामाजिक सन्जाल मार्फत आफूलाई प्रस्तुत गर्नेछन् ।

यो क्रम नयाँ संविधान जारी नभएसम्म जारी रहने अभियानका संयोजक अरुण लम्सालले बताए । हालसम्म यस दबाव मुलका अभियानमा एक सय भन्दा बढि अभियानकर्ताहरु सामेल भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment