Comments Add Comment

एयर बससँग विमान खरिद सम्झौतामा त्रुटी, ल्हासा उडन नपाउने

Nepal-Airlines-logos

३ पुस, काठमाडौ । नेपाल वायुसेवा निगमले खरिद गरेर ल्याउन लागेको एयरबस ए-३२०-२०० विमान नेपालको नजिक रहेको चीनको पर्यटनकीय विमानस्थल ल्हासा उडानका लागि अनुपयुक्त देखिएको छ ।

काठमाडौ विमानस्थलबाट एक घण्टा १५ मिनेट दूरीमा रहेको उक्त विमानस्थलमा उडन गनए सक्ने विमान खरिद गरेको भए निगमले प्रशस्त आम्दानी गर्ने थियो । सवा घण्टाको उडानमा काठमाडौबाट ल्हासासम्मको एकतर्फी भाडा चार सय ५० अमेरिकी डलर छ ।

नेपाल-चीन हवाई सम्झौता संशोधन गरेर ल्हासामा काठमाडौबाट नेपाली विमानको सिधा उडान सेवा सुरु गर्न चीन सहमत भएको बेला नेपालले सो विमानस्थलका लागि अनुपयुक्त विमान ल्याउने सम्झौता एयरबससँग गरेको कारण आर्थिक रुपमा कमजोर भएको निगमलाई उकास्न अझै लामो प्रयास गर्नुपर्ने आर्थिक दैनिकमा खबर छ ।

ल्हासा राम्रो पर्यटकीय क्षेत्र भएको कारण त्यहाँ उडान भर्ने विमान सधैंजसो ‘प्याक’ हुन्छ । यदि नेपालले ल्हासामा अवतरण गर्ने प्रविधियुक्त विमान ल्याएको भए चीनले सो रुट दिनुपर्छ । केही समयअघि नेपाल-चीन हवाई सम्झौता संसोधन गरिएको छ । अहिले ल्हासा विमानस्थलमा चिनियाँ विमान कम्पनीले मात्र उडान गर्छन् ।

नेपालले ल्याउने विमानमा हिमालै हिमाल एक घण्टा लामो उडानका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्ने ‘सिस्टम’ विमानभित्र नरहेको कारण ल्हासा उडान गर्न नसकिने निगमका प्रवक्ता रामहरी शर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment