Comments Add Comment

वर्षको अन्तिम खेलमा बार्यनको नाटकीय जित

Arjen Robben

 पुस, काठमाडौं । आर्जेन रोबिनले अन्तिम समयमा गरेको गोलको मदतमा मेन्जलाई हराउँदै बार्यन म्युनिखले सन् २०१४ को सुखद अन्त्य गरेको छ ।

शुक्रबार राति भएको खेलमा एक गोलले पछि परेको बार्यन म्युनिखले नजिता उल्टाउँदै २–१ को नाटकीय जित हात पारेको हो ।

घरेलु मैदान कोफेस एरिनामा भएको खेलमा मेन्जले २० औं मिनेटमा एल्किन सोटोको गोलबाट अग्रता लिएको थियो । तर, १६७ सेकेण्ड भन्दा टिक्न सकेन ।

बार्यनका लागि बास्टियन स्वाइन्सटाइगरले बराबरी गोल फर्काए । २० यार्डबाट उनको टप कर्नरमा फ्रि किक गोल गरेका थिए ।

दोस्रो हाफमा बार्यन गोलकिपर नुयुरले युनुस माल्लीको प्रहार रोके । खेलको ९० औं मिनेटमा रोबिनले क्लोज रेन्जबाट गोल गर्दै बार्यनलाई जित दिलाए ।

जितपछि बार्यन म्युनिखले १४ अंकको अग्रता कायम गरेको छ । लिगको १७ मध्ये १४ खेल जितेको उसले तीन खेल बराबरीमा सकेको छ र ४५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment