Comments Add Comment

सभासद ज्यू, हाजिर गर्दै टाप ठोक्दै ? (फोटो कथा)

Sambhidan sabha (7)

७ पुस, काठमाडौं । संविधानसभाको यो दृश्य हेर्दा जोसुकैलाई लाग्न सक्छ, बैठक सुरु हुन निकै समय बाँकी छ र केही सभासद छिट्टै आइपुग्नेछन् ।

तर, कुरो बेग्लै छ । आइतबार दृश्य कैद गरिरहँदा संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद समितिको प्रतिवेदनमाथि छलफल भइरहँदाको थियो ।

Sambhidan sabha (1)

संविधान बनाउने समयसीमा सकिनै लागेका बेला महत्वपूर्ण विषयमा भइरहेको छलफलमा प्रमुख दलका शीर्षनेताहरुको मात्रै होइन, अधिकांश सभासदका कुर्सी खाली देखिए ।

भित्र बैठक चलिरहेको थियो, बाहिर सभासदहरु घाम तापिरहेका थिए । संविधानसभामा भेटिएका सीमित सभासद पनि मोबाइल खेलाइरहेका थिए ।

Sambhidan sabha (19)

संविधान बनाउने बेलामा सभासदहरु कहाँ के गर्दैछन् भनेर खोज्नुपर्ने अवस्था छ । बैठक सुरु हुँदा आवश्यक गणपूरक संख्या पुगे पनि सभासदहरुले प्रतिवेदनमाथि बोल्ने क्रम सुरु भएपछि सभासदहरुको हाटा गर्ने (हाजिर गर्ने र टाप ठोक्ने) क्रम सुरु हुन्छ ।

आइतबार धेरै सभासदहरु हाजिर गरेर बाटो लागिसकेका भेटिए भने बोल्ने पालो पर्खिरहेका सहितका केही सभासद बाहिर चौरमा पारिलो घाम तापेर गफिइरहेका भेटिए ।

Sambhidan sabha (18)

‘हाजिर त अधिकांशकै हुन्छ । तर, बोल्ने क्रम सुरु भएपछि कुर्सी खाली हुन्छन्’ संसद सचिवालयका एक अधिकारीले भने-भित्रभन्दा बाहिर घाममा बढी देखिन्छन् ।’

बैठकमा सभासदहरुको उपस्थिति निकै कम भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले धेरै सभासद भएका कांग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपालका प्रमुख सचेतकलाई पटक-पटक ध्यानाकर्षण गराएका छन् । तर, अहिलेसम्म सुनुवाइ भएको देखिँदैन ।

यसबारे सोध्दा एमाले प्रमुख सचेतक अग्नि खरेलले अनलाइनखबरसँग भने-‘हामीले पनि महसुस गरेका छौं । बिहान समितिहरुको बैठक चलिरहेको छ । यसले बोल्ने बोलेर जाने र आउने क्रम चलिरहेको हो । त्यसैले आजबाट बैठक १ बजे राखिएको छ ।’

थप तस्वीर हेर्नुहोस्

Sambhidan sabha (2)

Sambhidan sabha (3)

Sambhidan sabha (4)

Sambhidan sabha (5)

Sambhidan sabha (6)

Sambhidan sabha (8)

Sambhidan sabha (9)

Sambhidan sabha (10)

Sambhidan sabha (11)

Sambhidan sabha (12)

Sambhidan sabha (13)

Sambhidan sabha (14)

Sambhidan sabha (15)

Sambhidan sabha (16)

Sambhidan sabha (17)

Sambhidan sabha (20)

Sambhidan sabha (21)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment