Comments Add Comment

जुत्तामा लुकाएर ल्याएको अबैध सुनसहित दुई पक्राउ

७ पुस, काठमाडौं । खासाबाट भन्सार छलेर ल्याएको दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

Indra-bdrमहानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले मध्यपुर थिमी नगरपालिका-१६ लोकन्थलीमा सिन्धुपाल्चोकका ईन्द्र कुमार श्रेष्ठ र छिरीङ तामाङ पक्राउ गरेको हो ।

ना २ च ४१३५ नम्बरको गाडीमा चेक गर्ने क्रममा गाडीको पछाडी सिटमा बसेका ईन्द्रकुमारको शरीरबाट दुई तालो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

उनले दुबै गोडाको जुत्तामा एक एक किलो सुन लुकाएका थिए । उनलाई चिनियाँ नागरिक जिम्मीले सुन पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन काठमाडौंमा पुर्‍याए बापत ४० हजार दिने सहमति भएपछि इन्द्रबहादुरले खासाबाट तातोपानी नेपाल हुँदै सुन काठमाडौं ल्याएका थिए ।

उनको साथबाट ५० हजारको चेक, एटीएम र चार थान मोबाइल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment