Comments Add Comment

बेलायतबाट मगर ग्रामलाई पौन २ लाख सहयोग

निमुसंगम घर्ती

८ माघ, दाङ । बेलायतमा बस्दै आएका नेपालीहरुले दाङको लक्ष्मीपुर ५ सवारीकोटमा सञ्चालित नमुना मगर ग्रामलाई पौने दुईलाख रुपैयाँ सहयोग गरेका छन् ।

दाङसहित राप्ती र अन्य जिल्लामा घर भई हाल बेलायतमा बस्दै आएका नेपालीहरुले सवारीकोट नमुना मगर ग्रामलाई १ लाख ७४ हजार ७ सय ९ रुपैयाँ सहयोग गरेका हुन् ।

बेलायतका बिभिन्न ठाउँमा बस्दै आएका ५० जना नेपालीहरुले संकलन गरेको उक्त रकम मगर ग्रामको बिकासका लागि सहयोग गरिएको हो । मगर ग्रामका अध्यक्ष कृष्णबहादुर बुढालाई युके मगर संघ खेलकुदका सचिब एवं आर्थिक सहयोग संकलन समितिका संयोजक विष्णु घर्ती मगरले नगद रकम प्रदान गरे ।

सहयोग संकलन समितिका संयोजक घर्तीले नमुना मगर ग्रामले राम्रो काम गर्दै गए थप सहयोग संकलन गरी प्रदान गर्ने बताए ।सवारीकोट पोखरा पछिको प्याराग्लाईडिङको उपयुक्त क्षेत्र मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment