Comments Add Comment

नेपाल डिभिजन वान क्रिकेटमा पुग्न चुक्यो

Gyanendra-Malla-1

९ माघ, काठमाडौं । नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वानमा उक्लने ऐतिहासिक अबसरबाट चुकाएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा केन्यासँग ५ विकेटले पराजित भयो । हारसँगै नेपाल फाइनलमा पुग्न असफल भयो । यसले डिभिजन वानमा पुगेर अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसीप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

पहिलो खेलमा युगाण्डासँग हारे पनि नेपाल बलियो टीम नेदरल्याण्ड, क्यानडा र नामिबियालाई हराउँदै डिभिजन वानको नजिक पुगिसकेको थियो । तर, शुक्रबार नेपाल निकै अभागी सावित भयो ।

केन्या र नेदरल्याण्डले खोस्यो नेपालको सपना

नेपाल र केन्याको खेल चलिरहँदा नेदरल्याण्डले युगाण्डाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै डिभिजन वानका लागि दावेदारी प्रस्तुत गर्‍यो ।

उसले युगाण्डालाई ७९ रनमा अल आउट गर्‍यो भने ६.३ ओभरमा ३ विकेट गुमाएर लग्य भेट्टायो । यससँगै नेदरल्याण्डले नेपालको समान ६ अंक मात्र बनाएन, रन रेटमा राम्रो सुधार गर्‍यो ।

point-table_Div 2

त्यसले नेपाललाई केन्याविरुद्धको खेल जित्नै पर्ने दबाव रहृयो । नेपालले ज्ञानेन्द्र मल्लको ९१ रनको मदतमा प्रतियोगितामा आफ्नो सर्वाधिक १९४ रन बनायो ।

तर, डिभिजन टूमा रहिरहन गर या मरको अवस्थामा रहेको केन्याले नेपालको अपेक्षा विपरित विस्फोटक ब्याटिङ गर्‍यो । आक्रामक सुरुवात गरेको उसका सुरुवाती दुई विकेट नेपालले समयमै लिएको थियो । १३ रन बनाउँदा उसले दुई विकेट गुमाएको थियो ।

तर, त्यसपछि नेपाली बलरहरुले केन्याका ब्याट्सम्यानमाथि दबाव कायम गर्न सकेनन् र मात्र ३५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि इर्फान करिमले अविजित ७४ रन बनाए भने राकिप पट्टेलले ५६ र ओबान्डाले ४५ रन जोडे ।

नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले मात्र १-१ विकेट लिए ।

ज्ञानेन्द्रको ९१ रन छायाँमा

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो ।

नेपालको सुरुवात भने राम्रो रहेन । सागर पुन र सुवास खकुरेल ओपनिङमा थिए । तर, नेपालको स्कोर ३ हुँदा सुवास २ रनमा आउट भए भने दोस्रो विकेटका रुपमा सागर पुन आउँदा हुँदा नेपालको स्कोर १७ थियो ।

नेपालले थप एक रन जोड्दा नरेश बुढायर शुन्यमा आउट भए । तर, नेपालको पारी कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । कप्तान र उपकप्तानले ४८ रनको साझेदारी गरे ।

चौथो विकेटका रुपमा पारस २० रनमा आउट हुँदा नेपालको स्कोर ६६ थियो । उपकप्तान ज्ञानेन्द्रले टिकेर खेलिरहे । ३८ औं ओभरमा ज्ञानेन्द्रले अर्धशतक पुरा गरे, जतिबेला नेपालले ५ विकेट गुमाइसकेको थियो ।

नयाँ व्याट्सम्यानले उनलाई टिकेर साथ दिन सकेनन् र क्रिकेट झर्ने क्रम जारी रहृयो । उपकप्तान ज्ञानेन्द्र ९१ मा अविजित रहे । ११६ बलको सामना गरेका उनले सात चौका हाने ।

यो प्रथम श्रेणी क्रिकेटमा कुनै पनि नेपाली व्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । यसअघि ८६ रन उनले नै बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment