+

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

२०८३ भदौ  २१ गते १३:३७ २०८३ भदौ २१ गते १३:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले साउदी अरेबियालाई ५ विकेटले हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा एक खेल अगावै प्रवेश गरेको छ।
  • साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो।
  • नेपालका लागि गुल्शन झाले अविजित ४४ र कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए, भने सन्दीप लामिछानेले ३ विकेट लिए।

२१ भदौ, काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा कप्तान रोहित पौडेलले अविजित २४ रन बनाए ।

त्यसअघि इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए । आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

साउदीका लागि इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो ।

साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा २६ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि ३ तथा शेर मल्लले १ विकेट लिए ।

यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलपछि समूहविजेताको टुङ्गो लाग्नेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय