+

एनभीएलमा सगरमाथा स्म्यासर्सको लगातार दोस्रो जित, काठमाडौंको थ्रिलिङ जित

२०८३ भदौ  २० गते २३:१९ २०८३ भदौ २० गते २३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा स्म्यासर्सले शनिबार काठमाडौंमा खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० ले हराएर एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
  • काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ, र अहमद मुस्ताफा खान ‘प्लेअर अफ द म्याच’ बनेका छन् ।
  • लगातार दुई हार बेहोरेको मधेश वारियर्सले पहिलो र दोस्रो खेलमा विदेशी खेलाडी अपेक्षाअनुसार नखेलेको जनाएको छ ।

२० भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो सेट पनि २५–१९ ले जित्दै सगरमाथाले एकपक्षिय रुपमा खेल जित्यो ।

सगरमाथाका पाकिस्तानी स्पाइकर अइमल खान ‘प्लेअर अफ द म्याच’ घोषित भए । उनी पहिलो खेलमा मधेश विरुद्ध पनि ‘प्लेअर अफ द म्याच’ बनेका थिए ।

लगातार दुई खेलमा जित हात पारेको सगरमाथा ६ अंकसहित शीर्ष स्थानमा छ । सगरमाथाले उद्घाटन खेलमै मधेश वारियर्सलाई ३–१ ले हराएको थियो ।

लगातार दोस्रो जितपछि सगरमाथाका मुख्य प्रशिक्षक उत्सव खड्काले टिमको कम्बिनेसन मिल्दै गएको बताए । खप्तडविरुद्ध सोझो सेटमा जित अपेक्षा नगरेपनि पहिलो खेलको अनुभवपछि टिमले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए ।

अप्तडका मुख्य प्रशिक्षक रुपेश विष्टले पहिलो खेलमा विदेशी खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसकेकोले पराजित हुनुपरेको बताए ।

काठमाडौंको थ्रिलिङ जित

शनिबार भएको पहिलो थ्रिलिङ खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा हराएर विजयी सुरुवात गरेको छ ।

पहिलो सेट गुमाएपनि काठमाडौंले खेलमा पुनरागमन गरेको थियो । मधेशले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट टाईब्रकेमा पुग्दा काठमाडौंले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । तेस्रो सेट काठमाडौंले सहजै २५–१७ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । चौथो सेटमा मधेश खेलमा फर्कियो र २५–२२ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटसम्म पुर्‍यायो ।

पाँचौ तथा अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बन्दा काठमाडौंले टाईब्रेकमा १६–१४ ले आफ्नो पक्षमा पार्दै बाजी मारेको हो ।

काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘प्लेअर अफ द म्याच’ घोषित  भए ।

काठमाडौंका मुख्य प्रशिक्षक नृप बहादुर विकले लिगमा विजयी सुरुवात गर्दा खुशी व्यक्त गरे । मधेशका सहायक प्रशिक्षक सुरज भुजेलले दोस्रो खेलमा पनि विदेशी खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसक्दा पाँचौ सेटमा पुगेर पनि पराजित हुनुपरेको बताए ।

जितपछि काठमाडौंले २ अंक जोड्दा मधेशले पनि १ अंक जोड्दै अंकको खाता खोलेको हो ।

मधेशको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग पराजित भएको थियो ।

एनभीएलमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौं रेड्सबीच अपरान्ह ४ बजे सुरु हुनेछ भने कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे दोस्रो खेल हुनेछ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक भइरहेको पुरुष भलिबलको प्रेन्चाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको विजेताले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

एनभीएल नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय