+

एनभीएलमा काठमाडौं रेड्सको प्रतिस्पर्धात्मक जित

२०८३ भदौ  २० गते १९:३७ २०८३ भदौ २० गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं रेड्सले त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मधेश वारियर्सलाई ३–२ सेटमा हराउँदै एनभीएलमा पहिलो जित हात पारेको छ।
  • काठमाडौं रेड्सले पहिलो खेलमा २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले मधेश वारियर्सलाई पराजित गरेको हो।
  • काठमाडौं रेड्सका अहमद मुस्ताफा खान म्यान अफ द म्याच घोषित भए भने मधेशको यो लगातार दोस्रो हार हो।

२० भदौ, काठमाडौं । काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ को सेटमा पराजित गर्‍यो ।

आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो ।

काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।

दुई खेलमा मधेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससँग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो ।

काठमाडौं रेड्स नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय