+

एसडब्लुपीजे ‘ए’ लाई महिला फुटसलको उपाधि

२०८३ भदौ  २० गते २०:५३ २०८३ भदौ २० गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइन विथ पर्पोज एन्ड जोय ‘ए’ ले शनिबार नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि जितेर आफ्नै ‘बी’ टोलीलाई ३–० ले हरायो ।
  • विजेता टोलीकी कप्तान दीपा राई, विमला थापा र जेनिफर राना मगरले गोल गरे, र टोलीले १ लाख १ हजार रुपैयाँ पुरस्कार पायो ।
  • दीपा उत्कृष्ट खेलाडी, रेजिना मगर उदीयमान खेलाडी र कविता विक उत्कृष्ट गोलरक्षक घोषित भए ।

२० भदौ, काठमाडौं । साइन विथ पर्पोज एन्ड जोय (एसडब्लुपीजे) ‘ए’ ले प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

नखिपोट फोल्क्सको आयोजनामा नखिपोटस्थित फुटसल भिलेजमा भएको फाइनलमा एसडब्लुपीजे ‘ए’ ले आफ्नै ‘बी’ टोलीलाई ३–० गोलले पराजित गर्‍यो ।

विजयी टिमका लागि कप्तान दीपा राई, विमला थापा र जेनिफर राना मगरले गोल गरे । विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार प्राप्त गरे ।

दीपा उत्कृष्ट खेलाडी घोषित भइन् । दीपाले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरिन् । सातदोबाटो एफसीकी कप्तान रेजिना मगर उदीयमान खेलाडी तथा एसडब्लुपीजे ‘ए’ की कविता विक उत्कृष्ट गोलरक्षक चुनिए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जाङ, मिनुवा रिक्रुट प्रा.लि. का सञ्चालक हेम राई, आकर्षण इन्टरनेसनल प्रा.लि. का सञ्चालक मिलन थापा, व्यवसायी प्रवीण राई, आयोजक नखिपोट फोल्क्सका संयोजक समित बेघा लिम्बूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने नकआउट प्रतियोगितामा २१ टिम सहभागी थिए ।

नखिपोट फोल्क्स महिला फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय