+

न्युजिल्यान्ड ए सँग नेपाल ए टोलीको हार

२०८३ भदौ  २१ गते १४:०२ २०८३ भदौ २१ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलिया भ्रमणको अन्तिम खेलमा नेपाल ए न्युजिल्यान्ड ए सँग २ विकेटले पराजित भएको छ।
  • नेपालले २११ रन बनाएको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।
  • न्युजिल्यान्डका राइस मारिउले १३७ रन बनाउँदै जितमा प्रमुख योगदान दिए, र नेपालका पवन सर्राफले सर्वाधिक ६१ रन बनाए।

२१ भदौ, काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले टुरको अन्तिम खेलमा पनि हार बेहोरेको छ ।

आइतबार भएको न्युजिल्यान्ड ए सँगको एकदिवसीय खेलमा नेपाल २ विकेटले पराजित भएको हो । नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

न्युजिल्यान्डका ओपनर राइस मारिउले शानदार शतकीय पारी खेले । उनले १३४ बलमा १३७ रन बनाएर जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका थिए ।

नेपालका लागि रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले २-२ विकेट लिँदा बिपिन खत्री र पवन सर्राफले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा अलआउट हुँदै २११ रन बनाएको थियो ।

पवन सर्राफले सर्वाधिक ६१ रन बनाउँदा लोकेश बमले ४७ रन बनाए । अनिल साहले २४ रन बनाए । मयन यादवले २० रन बनाए ।

न्युजिल्यान्डका लागि म्याट फिशरले ९ ओभरमा ३७ रन दिएर ४ विकेट लिए । क्रिस्टन क्लार्क र अदित्या अशोकले २-२ विकेट लिए भने जाक गिब्सन र मोहम्मद अब्बासले १-१ विकेट लिए ।

टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले उक्त सिरिजमा ६ मध्ये २ खेल जितेको थियो ।

त्यसपछि नेपाल तास्मानिया र साउथ अस्ट्रेलियासँग अभ्यास एकदिवसीय खेलमा पराजित भएको थियो ।

फाइल तस्वीर : क्यान

नेपाल ए क्रिकेट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय