Comments Add Comment

विपक्षी खेलाडीको घाटी अठ्याएपछि फिलिप म्याक्सेसले पाए रातो कार्ड

Philippe-Mexes-grab-throat-of-Lazio-player-1

११ माघ, काठमाडौं । लाजिओका दुई खेलाडीको घाँटी अठ्याएपछि एसी मिलानका फिलिप म्याक्सेसले रातो कार्ड पाएका छन् ।

सिरि ए अन्तरगत शनिबार राति भएको खेलमा लाजिओले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
स्टाडिओ ओलम्पिकोमा भएको खेलमा एसी मिलानले चौथो मिनेटमा नै जेरिमी मेनेजको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा घरेलु टोलीमा लाजिओ खेलमा फर्कियो । ४७ औैं मिनेटमा मिरोस्लाभ क्लोजको पासमा मार्को पोरोलोले बराबरी गोल गरे ।

५१ औं मिनेटमा क्लोजले गोल गोल गर्दै टीमलाई २-१ को अग्रता दिलाए भने ८१ औं मिनेटमा पोरोलोले व्यक्तिगत दोस्रो गोल गरे ।

Philippe-Mexes-grab-throat-of-Lazio-player

तर, आफ्नो टोली हार्ने अवस्था आएपछि खेलको अन्त्यतिर एसी मिलानका डिफेण्डर फिलिप म्याक्सेसले आफ्नो नियन्त्रण गुमाए । उनले स्टेफानो मौरी र लोरिक कानाको घोटीमा समाउन पुगे ।

मैदानमा उदण्ड व्यवहार देखाएपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment