Comments Add Comment

ब्लड डोनर्स अफ अमेरिकाद्वारा एक दर्जन ब्यक्ति सम्मानित

blood donners of USAविजय थापा 

डिसी । ब्लड डोनर्स अफ अमेरिकाले संस्थाको साधारणसभाको अवसरमा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएका झन्डै एक दर्जन ब्यक्तिहरूलार्इ सम्मान गरेको छ ।

ब्लड डोनर्स अफ अमेरिकाको प्रथम साधारण सभाको अवसरमा उनीहरूलार्इ २०१४ का सामाजिक नायकद्वारा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा फ्लोरिडा राज्यका संयोजक अजय सत्याल, अलाबामा राज्यका संयोजक सन्तोष पोखरेल, टेक्सास राज्यका संयोजक बासु श्रेष्ठ,  क्यालिफोर्निया राज्यका संयोजक ईश्वर सापकोटा, न्यूयोर्क राज्यका संयोजक निमा शेर्पा रहेका छन् ।

यस्तै, म्यासचुटेस राज्यका संयोजक महेश्वर पन्त, बीडीए कविता प्रतियोगिताका संयोजक राधा पौडेल, रेशम जिटी, बीडीए टेक्सासका सदस्य तथा लाब्बक क्षेत्रका संयोजक डा नन्दप्रकाश जोशी, बीडीए निबन्ध प्रतियोगिता संयोजक समिति र सूचना प्रबिधि तथा बीडीए सह-सचिब मनिष शाक्यलार्इ पनि सामाजिक नायकद्वारा सम्मान गरिएको थियो ।

दूरसंचार प्रणालीको माध्यमबाट गरिएको साधारणसभामा ५० भन्दा बढी बिभिन्न राज्यहरुका संयोजक, समिति प्रमुख, सल्लाहकार, आजीवन सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

फ्लोरिडा बीडीएका संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली ब्लड डोनर्सका उपसभापति अजय सत्यालको सभापतित्वमा भएको कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका सभापति डा. लिलाबहादुर कार्कीले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष संगीता डंगोलले गरेकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment