Comments Add Comment

छिटो संविधान जारी गर्न एनआरएनको आग्रह

१३ माघ, काठमाडौ । गैरआवासीय नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघले छिटो संविधान जारी गरी राजनीतिक स्थायित्वको जग बसाल्न दलहरुलाई आग्रह गरेको छ ।

nrna_logo_latestविश्वभरमा रहेका नेपालीहरु स्वदेशमा लगानी गर्न उत्कट चाहाना बोकेर बसीरहेको भन्दै संविधान जारी गर्न संक्रमणकाल अन्त्य गर्न आग्रह गरिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले विज्ञप्ति जारी दलहरुको पूर्व प्रतिबद्धता अनुसार माघ ८ मा संविधान जारी नभएकोमा दुःख व्यक्त गरेका छन् ।

अन्तिम समयसम्म पनि संविधान जारी हुन्छ भन्ने विश्वासमा रहेका जनतालाई संविधानसभाभित्र भएका अमर्यादित गतिविधिले थप दुःखी र निराश बनाएको विज्ञप्तिमा उल्लेख छ ।

दलहरुबीचको तिक्तता तत्काल अन्त्य भई छिटोभन्दा छिटो संविधान जारी गर्ने वातावरण निर्माण हुने एनआरएनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment