Comments Add Comment

अख्तियारद्धारा पर्यटन बोर्डका सुवास निरौलालाई निलम्बन

१३ माघ, काठमाडौं । पर्यटन बोर्डमा भ्रष्टाचार गरेको अभियोग लागेका निमिक्त कार्यकारी प्रमुख सुवास निरौलालाई अख्तियारले निलम्बन गरेको छ ।

Suvash-Niraulaबोर्ड सञ्चालक समितिले तीन महिनाका लागि गरेको निलम्बन अवधि मंगलबार सकिँदै गर्दा अख्तियारले पुनः निलम्बन गरेको हो । बोर्डमा भएको भ्रष्टाचार तथा अनियमितताको अख्तियारले अनुसन्धान गरिरहेको छ ।

सुवास निरौलालाई निलम्बन गरेको अख्तियारको चिठी पर्यटन बोर्डमा आइसकेको बोर्ड सम्बद्ध स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

यसअघि पर्यटन मन्त्रालयले पनि समिति गठन गरेर बोर्डमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गरेको थियो । उक्त समितिले भ्रष्टाचारमा निरौलाको प्रत्यक्ष सहभागिता रहेको ठहर गरेपछि लेखा समितिले तत्काल निलम्बन गरी कारबाही प्रकृया अगाडि बढाउन आग्रह गरेको थियो ।

लेखा समितिको आग्रह लगत्तै बोर्ड समितिले आवश्यक छानविन तथा कारबाहीका लागि निरौलालाई तीन महिनाका लागि निलम्बन गर्‍यो । बोर्ड समितिको निलम्बन अवधि सकिएकै दिन अख्तियारले निलम्बनलाई निरन्तरता दिनुलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रुपमा लिएका छन् ।

याे पनि पढ्नुहोस् ;

पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौलालाई निलम्बन गर्न लेखा समितिको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment