Comments Add Comment

६० सेकेण्डको फिल्ममा ‘अमुर्त’ उत्कृष्ट

aamurtaकाठमाडौं । ६० सेकेण्ड सर्ट फिल्म फेष्टिभलमा समलिंगी युवाको भावना समेटिएको फिल्म ‘अमूर्त’ पहिलो भएको छ । गोपाल त्रितालद्धारा निर्देशित एक मिनेट अवधिको उक्त फिल्मले पुरस्कार स्वरुप २५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा डाइमन्ड उप्रेतिको ‘चुंगी’ दोस्रो र हिरन श्रेष्ठको निर्देशन रहेको ‘टक्सिक टेरेरिजम’ तेस्रो भएको थियो । दोस्रो र तेस्रोले क्रमश १५ र १० हजार पुरस्कार पाएका छन् ।

कार्यक्रममा समसामयिक विषयमा बनेका ६० सेकेण्ड अवधिका ६५ वटा छोटा फिल्म प्रदर्शन गरिएको थियो । प्रतियोगितामा खड्गी शाहीको निर्देशन रहेको ‘लाइफ फाइल’ले जुरी अवार्ड पाएको थियो । नवविजय श्रेष्ठको निर्देशन रहेको ‘एक सोच’ ले पब्लिक च्वाइस अवार्ड पाएको छ । दुबै विधामा पुरस्कृत फिल्मले १०/१० हजार नगद पुरस्कार पाए ।

युवा पुस्तालाई समाज चिन्ने मौका प्रदान गर्नका लागि प्रतियोगिता गरिएको इन्टरफेस नेपालका कार्यकारी निर्देशक दिलभुषण पाठकले बताए ।
प्रतियोगिताको निणर्ायकमा चलचीत्रकर्मी नीर शाह, राजेश हमाल, कलाकार सुजन चित्रकार, बैंकर रविना देशराज श्रेष्ठ र सञ्चारकर्मी दिपेन्द्र लामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment