Comments Add Comment

विश्वकप क्रिकेटको फाइनलमा ड्र भए सुपर ओभर

world-cup-2015

१५ माघ, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा यदि बराबरी भए विजेताको फैसला ‘सुपर ओभर’बाट गरिने भएको छ ।

दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बैठकले सुपर ओभरको निर्णय लिएको हो । यसअघि पछिल्लो विश्वकपमा सुपर ओभरको प्रावधान हटाइएको थियो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा हुन लागेको विश्वकप फेब्रुअरी १४ बाट सुरु हुनेछ ।

के हो सुपर ओभर ?

उपाधि भिडन्त बराबरी भयो भने निर्णयका लागि सुपर ओभर खेलाइनेछ । छ बलको सुपर ओभरका लागि हरेक टीमले आफ्ना तीन ब्याट्सम्यानको नाम दिनेछन् । विपक्षी टीमले एक बलर छान्नेछ ।

यदि ओभर पुरा हुनु अघि नै दुई विकेट गयो भने उक्त टीमले खेल हार्नेछ । तर, यस्तो नभएमा एक ओभरमा सर्वाधिक रन बनाउने टीम विजेता बन्नेछ ।

तर, सुपर ओभरमा पनि रन बराबरी भयो भने पुरा पारी वा सुपर ओभरमा सर्वाधिक छक्का हान्ने टिम च्याम्पियन बन्नेछ ।

तर, यसमा पनि बराबरी भयो भने दुबै पारीमा सर्वाधिक चौका हान्ने टीम विजेता बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment