Comments Add Comment

मानसिक समस्याबाट बँच्न समयमै भोजन

eating

मानिसको सरीर एक यस्तो मेसिन हो जसले निकै नै सन्तुलित ढंगबाट काम गर्दछ । समयमा भोजन तथा समयमा आराम वा सुत्ने गर्नु केवल शारीरिक स्वास्थ्यका लागि मात्र होइन यसले मानसिक स्वास्थ्यलाई समेत मजबुत बनाउँछ ।

मानिसको सरीरभित्र हुने जैविक घडी जसलाई सिरकाडियन रिदम भनिन्छ, त्यसले २४ घण्टे चक्र पालना गर्छ । यहीँ जैविक घडी मार्फत मानिसको सरीरबाट हर्मोन उत्सर्जन हुने, क्रियाकलापहरु निर्धारित हुने वा त्यसका लागि आवश्यक उर्जा वा अन्य गतिविधि नियन्त्रण हुने गर्दछन् ।

क्यानडाको मन्टि्रयलस्थित डगलस हेल्थ विश्वविद्यालय तथा म्याकगिल विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार समयमा भोजन तथा सुताइ लगायतका आनीबानीले मानिसको मानसिक समस्यालाई दूर गर्न सहयोग गर्छन् ।

शोधकर्ता काइ फ्लोरियन स्टार्चका अनुसार २४ घण्टै जैविक घडीका साथसाथै मानिसका दैनिक क्रियाकलापहरु अर्को ४ घण्टै अल्ट्रेडियन रिदम नामक चक्रबाट समेत प्रभावित हुने गर्छन् । यो अल्ट्रेडियन रिदम मस्तिष्कमा हुने मुख्य रसायन डोपामिनबाट प्रभावित हुने गर्छ ।

सरीरमा जब डोपामिनको स्तर अनियन्त्रित बन्दछ यो चार घण्टे चक्र ४८ घण्टासम्म लम्बिन सक्छ । अर्थात् यो चक्रमा हुने असन्तुलनले मानिसका दैनिक नियमित क्रियाकलापहरु असन्तुलित हुन्छन् । मानिसले पहिले समयमा गर्ने गरेका कामहरु उक्त समयमा गर्न नसक्ने हुन्छ ।

शोधकर्ताका अनुसार निद्रा नलाग्नु यहीँ अल्ट्रेडियन चक्रको असन्तुलनको परिणाम हो । मानिसले समयमा भोजन नगर्ने, समयमा नसुत्ने तथा जैविक घडीको विपरित असामान्य समयममा काम गर्दा जैविक सन्तुलन गुम्ने तथा त्यसले विभिन्न खाले मानसिक समस्या उत्पन्न गराउने शोधकर्ताहरुले बताएका छन् ।

शोधकर्ता भन्छन्, ‘मानिसले कुन समयमा भोजन गर्ने तथा कुन समयमा आराम गर्ने भन्ने कुरा जैविक घडीले निर्धारण गर्ने भएकाले समयमै भोजन गर्दा सरीरको जैविक चक्र नियमित बन्दछ, जसका कारण व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ बन्छ ।’ – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment