Comments Add Comment

शरदसिंह भण्डारीले कांग्रेस-एमालेलाई ३ मुद्दा लाउने !

१६ फागुन, काठमाडौं । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले कांग्रेस-एमालेलाई तीनवटा मुद्दा लगाउनुपर्ने धारणा राखेका छन् । राज्यविरुद्धको अपराध, ठगी र अपहरणको मुद्दा लगाउनु पर्ने उनको धारणा छ ।

३० दलीय गठबन्धनको सभालाई शनिबार सम्वोधन गर्दै उनले कांग्रेस-एमालेको कारण देश विखण्डन तर्फ जान लागेकोले यसको जिम्मेवार पनि उनीहरु नै हुनुपर्ने बताए ।

यस्तै संसदमा दुई तिहाई बहुमतको नाममा संविधानसभालाई अपहरण गरेको उनले आरोप लगाए ।

उनले सहमतिको बाधक पनि कांग्रेस एमाले नै भएको दाबी गरे । उनले सहमतिको वाधक नबन्न आग्रह पनि गरे ।

भण्डारीले भने-‘आफैले लगाएको सहमतिको पर्खाल तोड्नुस् र हामीसँग वार्ता गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment