Comments Add Comment

हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच चैत २८ मा क्रिकेट म्याच

phillip-hughes

  • बाउन्सर बलले लागेर क्रिजमा ढलेका ह्यूज

१८ फागुन, काठमाडौं । क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच चैत २८ गते काठमाडौंमा खेल हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार खेलको मिति घोषणा गरेको हो । क्यानका अनुसार अप्रिल ११ अर्थात चैत २८ गते शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ ।

खेल जम्मा ६३ ओभरको हुनेछ । दुबै टीमले ३१.३ ओभरको इनिङ खेल्नेछन् । क्यान स्रोतका अनुसार अष्टे्रलियाका राजदूतले सोमबार नै क्यानका अधिकारीहरुलाई भेटेर  खेलको तयारी, सुरक्षा लगायतका विषयमा छलफल गरेका छन् ।

क्यानले एक जना सिनियरसहितको टीम पठाउन क्रिकेट अष्ट्रेलियासँग लबिङ गरिरहेको छ । ब्रेट ली वा अन्य कुनै सिजियर प्लेयरसहितको टीम नेपाल आउने सम्भावना छ ।

क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेले अहिले नै उक्त खेलको टिकट माग भइसकेको भन्दै उक्त दिन कीर्तिपुर मैदान दर्शकले भरिने विश्वास व्यक्त गरेकी छन् ।

नोभेम्बर २५ मा भएको घरेलु लिग क्रिकेटका क्रममा हृयुज ६३ रनमा अविजित रहेका बेला बाउन्सरले लागेर क्रिजमै ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो ।

लगतै क्यानले हृयुजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच क्रिकेट खेल्नुका साथै उनको ब्याट र जर्सी सगरमाथामा लैजाने प्रस्ताव राखेको थियो । जसलाई हृयूजको परिवारले पुसको दोस्रो साता अनुमति दिएको थियो ।

क्यानकी कार्यकारी अधिकृत घिमिरेले हृयूजको ब्याट र जर्सी सगरमाथामा लैजाने प्रक्रिया अघि बढिरहेको समेत बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment