Comments Add Comment

नवल खड्काको चेतावनी- नेपाली फिल्म ध्वस्त हुनसक्छ

nisha-and-nabalकाठमाडौं । पछिल्लोपटक किसान नेता भीमदत्त पन्तमाथी फिल्म बनाएका नबल खड्काले निर्माता गम्भिर नभए नेपाली सिनेमा ध्वस्त हुने बताएका छन् ।

फिल्म प्रर्दशनअघि मोफसलका शहर घुमेर आएका कलाकार संघका अध्यक्ष समेत रहेका खड्काले नेपाली फिल्मको ब्यापार निकै टिठ लाग्दो भएको बताए ।

‘अब पनि निर्माता गम्भिर भएनन् भने हाम्रो फिल्म उद्योगको हालत बंगलादेश र पाकिस्तानको जस्तै हुन्छ ।’ नवलले भने ।

आफैले निर्माण र अभिनय गरेको फिल्म ‘भीमदत्त’ प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उपस्थित नवल केही निराश देखिए । ‘फिल्म राम्रो बनाउनु भयो भनेर बधाई दिने साथीहरुका विचमा खुसी बाँड्न सक्ने अवस्था छैन । म त निराश छु ।’ उनले भने ।

फिल्म हेरेर सर्वसाधारणदेखि केही राजनीतिक दलका शीर्षनेताहरुले दिएको बधाईले निर्देशक हिमग्याप टासी पनि उत्साहित हुन सकेका रहेनछन् । फेरि अमेरिका भासिने वा यही देशमा बसेर काम गर्ने भन्नेमा निर्णय गर्न नसकेको बताए ।

संगीतकार एवं कथाकार मणि थापाले फिल्म र फिल्मको शीर्ष गीत राम्रो बनेको दाबी गरे पनि फिल्म चल्ने कुरामा आशंका ब्यक्त गरे । केही मौलिक फिल्म बन्नुपर्ने उनको भनाई थियो ।

सुदुरपश्चिमका क्रान्तीकारी नेता भीमदत्त पन्त माथि बनेको सिनेमा भीमदत्तमा नीशा अधिकारी, सुमिना घिमिरे, रमेश बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् । आउँदो शुक्रवार झिग्राना र पूर्नजन्मसँगै भीमदत्त पनि प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment