Comments Add Comment

बार्सिलोना कोपा डेल रेको फाइनलमा

Neymar and Luis Suarez

२१ फागुन, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले बुधबार राति भएको दोस्रो लेगमा भिल्लारियललाई ३–१ ले पराजित ग¥यो । पहिलो लेगमा पनि ३–१ कै जित निकालेको बार्सिलोना समग्रमा ६–२ को जितका साथ फाइनलमा पुगेको छ ।

अब उपाधिका लागि बार्सिलोना र एल्थेटिको बिल्बाओ मार्च ३० मा भिड्नेछन् ।

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै नेयमारको गोलबाट अग्रता लियो । नेयमारले मेस्सीको पासमा गोल गरेका हुन् ।

३९ औं मिनेटमा घरेलु टोलीका लागि डस सान्तोषले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

६५ औं मिनेटमा पिनाले रातो कार्ड पाएपछि भिल्लारियल १० खेलाडीमा सिमित भयो ।

त्यसको फाइदा उठाउँदै ७३ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । ८८ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment