Comments Add Comment

एनआरएन चुनावले अमेरिका तात्यो

विकासराज न्यौपाने/ सुदीप पन्त

टेक्सास । एनआरएनकाे चुनावले यतिबेला अमेरिकामा रहेका नेपालीहरूकाे राजनीति निकै तातेकाे छ । चुनाव लागेपछि नेपालीहरू एक अर्कालार्इ भाेट माग्न ब्यस्त रहेका छन् ।

विश्वमै सबै भन्दा बढी एनअारएनकाे सदस्य भएकाे अमेरिकाकाे विभिन्न राज्यहरू चुनावी माहाैलले तातेकाे छ । अमेरिकाको टेक्सास राज्यबाट यो पल्ट एनआरएनको चुनावमा आधा दर्जन बढीले उम्मेदवारी घोषणा गरेका छन्। नेपाली समाज टेक्सासले स्थानीय समुदायका अग्रजहरुको एक भेला गरी उम्मेदवार हुन चाहना राख्ने ब्यक्तिहरुबीच छलफल कार्यक्रमसमेत गरिएको छ।

NRN-ICC-USAस्थानीय उम्मेदवारहरु एउटै पदमा दुई जना नहोस् भन्ने संस्थाको चाहना हुँदा पनि सहसचिवमा दुईजनाको उम्मेदवारी परेको र सहमतिमा सबै एक भएर अघि बढ्नु राम्रो हुने समाजका महासचिव बिजयराज भट्टराई बताउँछन् ।

टेक्सासबाट यो पटक केही बलिया र आशालाग्दा उम्मेदवारहरुले एनआरएन अमेरिकाको प्रतिनिधित्व गर्न रुची देखाएका छन। टेक्सासमा आफ्नो सामाजिक छबि राम्रो बनाएका रामचन्द्र पोखरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन।

त्यस्तै हाल एनआरएनको कोषाध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएका युवा एवम् उर्जाशील ब्यक्ति बेदराज बस्नेत पनि यो पल्ट सोही पदमा पुनः उठ्ने मनसाय रहेको बताउँछन्र ।

अहिलेको बोर्डमा रहेका पदाधिकारीहरु मध्ये सबै भन्दा धेरै मेहनत र उत्कृष्ट कार्य गरे बापत अगामी साधारणसभामा सम्मान गर्न लगिएका बस्नेत टेक्सास मात्र नभएर अहिले प्राय सबै राज्यमा लोकप्रिय र सामाजिक ब्यक्तिको रुपमा आफूलाई उभ्याउन सफल भएका छन् ।

त्यस्तै स्थानीय संघसस्थाहरुमा आबद्ध एवम् टेक्सास राज्यको हरेक गतिबिधिहरुमा आफ्नो सक्रिय भूमिका निभाएका नेत्र पाण्डे र पुष्पलता भण्डारीले सहसचिव पदमा उम्मेदवारी दिएका छन् ।

एउटै क्षेत्रबाट दुईजना एउटै पदमा उठ्दा सहयोगका कुरामा खुलेर लाग्न गार्हो हुने स्थानीय ब्यक्तिहरुको भनाइ रहेको छ। समय बाँकी नै भएकोले एकआपसमा सल्लाह गरेर उम्मेदवारी दिनु उपयुक्त हुने समाजका अगुवाहरुको धारणा छ।

त्यस्तै अर्का सामाजिक एवम् उर्जाशील ब्यक्ति बिनोद तिवारीले पनि एनआरएन बोर्ड सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि टेक्सासलाई कर्मथलो बनाएका सामाजिक ब्यक्तित्व बेदनिधि दाहाल तथा सुनिल शाहले पनि एनआरएन आइसीसीको सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

एक सय भन्दा बढी सदस्य भएको राज्यमा च्याप्टर समितिहरूको समेत चुनाव हुने भएकोले यो पटक टेक्सासबाट युवा व्यक्तित्व दिनेश शर्माले संयोजक पदमा उम्मेदवारी दिएका छन् । टेक्सासको नेपाली समाजले यो पल्ट भन्दा धेरै मतदाताहरु बनाउन सफल भएको हुँदा उम्मेदवारहरुमा पनि एउटा बेग्लै ऊर्जा थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment