Comments Add Comment

वैज्ञानिक भन्छन् : लभ हर्मोनले बनाउँछ कुकुरलाई बफादार

Dog
तपाइँले कहिल्यै कारण खोज्ने प्रयास गर्नुभएको छ ? कुकुर किन मानिससँग छिटै घुलमिल हुन्छ र मानिसको आदेशको छिटै पालना गर्न सुरु गर्छ ? कुकुरलाई सबैभन्दा इमान्दार जनावार भनिन्छ सोही कारण । आखिर किन कुकुर यस्तो बफादार भयो होला ?

वैज्ञानिकहरुका अनुसार लभ हर्मोनका कारण कुकुर यसरी मानिसप्रति बफादार भएको हो ।

एनिमल कग्निशन नामक पत्रिकामा प्रकाशित एक शोधका अनुसार लभ हर्मोन भनिने अक्सिटोसिनका कारण कुकुरमा बफादारिता पैदा हुन्छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका शोधकर्ताहारुले अतिरिक्त मात्रामा अक्सिटोसिन हर्मोन दिएर केही कुकुरहरुको आनीबानीको समेत जाँच गरे ।

त्यसक्रममा अतिरिक्त हर्मोन दिइएका कुकुरहरु सामान्य काम पनि निकै राम्रोसँग सम्पन्न गरेका र आफ्नो मालिकप्रति धेरै प्रेम दर्शाएको पाइयो ।

अनुसन्धानकी मुख्य शोधकर्ता जेसिका ओलिभाका अनुसार अक्सिटोसिनले कुकुरको मस्तिष्कमा यस्तो काम गर्दछ जसबाट कुकुरले मानिसका संकेतलाई राम्रोसँग बुझ्न मद्दत गर्छ ।

शोधकर्ताहरुले ७५ वटा कुकुरमा १२ महिना लगाएर यस्तो अनुसन्धान गरेका हुन् । विज्ञहरुका अनुसार अक्सिटोसिन हर्मोनले अन्य स्तनधारी जनावरहरुमा समेत आपसी सम्बन्ध विस्तारमा प्रेरित गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment