Comments Add Comment

भीआइपीको सवारीमा नागरिकलाई असुविधा नपार्न निर्देशन

१३ चैत, काठमाडौं । सरकारले राजधानीको ट्राफिक समस्यालाई ध्यानमा राखेर अतिविशिष्ट तथा विशिष्ट (भीआइपी) व्यक्तिको भ्रमणका क्रममा नागरिकको सुविधामा असर नपर्ने गरी ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विशिष्ट व्यक्तिको भ्रमणका क्रममा नागरिकलाई असर नपर्ने गरी र सुरक्षामा पनि कुनै सम्झौता नहुने गरी सहज बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले गत साउनमा आएको बाढीपहिरो र डुबानमा परी बाँके, बर्दिया, दाङ, सुर्खेत र  सिन्धुपाल्चोकका प्रभावित परिवारको पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणसम्बन्धी एकीकृत कार्ययोजना स्वीकृत गरेको सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

हालै ताप्लेजुङलगायत विभिन्न जिल्लामा भएको आगलागी सम्बन्धमा तत्काल थप राहत प्रदान गर्न र  विस्थापितको बसोवासको व्यवस्था गर्न एकीकृत कार्ययोजनाको तयार गरी प्रस्ताव ल्याउन प्रधानमन्त्री सुशील कोइरालाले गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सरकारले नेपाली आविष्कारक रुचिकुमार रेग्मीको ‘पाइलट लेसेयर एयरक्राफ्ट फर कमर्सियल एन्ड मिलेट्री युज’सम्बन्धी अमेरिकाको आविष्कार अधिकार (पेटेन्ट राइट) कायम राखिराख्न र त्यसलाई व्यवसायीकरण गर्न १५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment