Comments Add Comment

डेब्यूको ७९ सेकेण्डमै ह्यारी केनको गोल

Harry Kane

१४ चैत, काठमाडौं । ह्यारी केनले इंग्ल्याण्डका लागि डेब्यू गरेको ७९ सेकेण्डमा नै गोल गरेका छन् ।

युरो कप छनोट अन्तरगत शुक्रबार राति भएको लिथुआनिया विरुद्धको खेलमा केन ७२ औं मिनेटमा वायन रुनीको स्थानमा मैदान प्रवेश गरेका थिए । जतिबेला इंग्ल्याण्ड खेलमा ३–० ले अगाडि थियो ।

केनले मैदान प्रवेश गरेको ७९ सेकेण्डमा रहिम स्टर्लिङको पासमा हेड गोल गरे र इंग्ल्याण्डलाई ४–० गोल अन्तरको जित दिलाए ।

२१ वर्षका केनले यो सिजन टोटनह्यामका लागि २९ गोल गरिसकेका छन् ।

वम्बलीमा भएको खेलमा इंग्ल्याण्डले छैटौं मिनेटमा नै वायन रुनीको गोलबाट अग्रता लिएको थियो । इंग्ल्याण्डका लागि उनको यो ७४ औं गोल हो ।

४५ औं मिनेटमा ड्यानी वेलब्लेकले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए । ५८ औं मिनेटमा स्टर्लिङले गोल गरेका थिए ।

जितपछि इंग्ल्याण्ड ५ खेलबाट १५ अंकका साथ समूह ईमा शीर्ष स्थानमा छ ।

समूह इकै अर्को खेलमा स्वीट्जरल्याण्डले स्टोनियालाई ३–० ले पराजित गरेको छ । ९ अंक जोडेको स्वीट्जरल्याण्ड तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment