Comments Add Comment

बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेको लाइन

jibro-1आरपी सुवेदी

१४ चैत, नेपालगन्ज । रामनवमीको अवसरमा बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा जिब्रो छेड्नेको लाइन लागेको छ । चैत्र नवमी अर्थात राम नवमीको अवसरमा मन्दिर दर्शन गर्न अाएका भक्तजनले शनिवार जिब्रो छेंडेका हुन् ।

मन्दिर परिसरमा पशुपन्छीको बलि चढाउने, परेवा उडाउने र बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन छ । शनिवार मन्दिर दर्शन गर्न आएका भक्तजनले पनि जिब्रो छेंडेर पुरानो प्रचलनलाई कायमै राखेका छन् ।

jibro-2बर्दिया बेलवाका ७० वर्षीय तेजराम मंगन्ताले आफ्नो जीवनकालमा चैतेदशै र बडा दशैमा गरी दुई सय पटक भन्दा बढी जिब्रो छेडेको बताए । उनले भने-‘पुर्खादेखि चली आएको परम्पार धान्दै आफु गुरुवा पनि भएकोले देउताले शरिर भित्र प्रवेश गरेपछि देउता मनाउनको लागि सधैं जिब्रो छेड्ने गरेको हुँ ।’

बागेश्वरी मन्दिरको जिब्रो छेडेर दर्शन गर्न भनि बर्दियाको पद्नाह-६ बाट आएका ४६ वर्षीय भुलन पत्थरकट्टाले जान्ने भएपछि आफूले आफ्नो अभिभावकसँंगै आएर जिब्रो छेड्ने गरेको बताए । उनले आफूले जानेदेखि नै जिब्रो छेड्ने गरेको बताए ।

देउता सहजै शरिरमा प्रवेश गर्दा एकै पटकको प्रयासमा जिब्रो छेड्न सकिने तर देउता नमानेपछि धेरै पटक प्रयास गर्नुपर्ने उनको विश्वास छ । उनले करिव ५ पटकको प्रयासपछि मात्र जिब्रो छेड्न सकेका थिए ।

jibro-4यक्ष र मोक्ष पाउने लोभले हरेक चैते दशैको राम नवमीको दिन र बडा दशैको नवमीको दिनमा भक्तजनहरुले मातालाई आफ्नो भाकल पुरा गर्न वा गुरुवाहरुले आफूमा दैविय शक्तिको प्रवेश गराउन जिब्रो छेड्ने परम्परा रहेको बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

भारतको उत्तरप्रदेश, उत्तराखण्ड देखि दाङ्ग, बर्दियालगायतबाट दर्शनार्थीहरु माताको दर्शनको लागि आउने र उनीहरुले आफ्नो भाकल अनुसार पुरा गरेर जाने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment