Comments Add Comment

अन्तरवस्तुमा सहमति गर्न एमाओवादीको प्रस्ताव

Mao-uml

१४ चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको समयसीमा सकिनु अघि सहमतिको प्रयास तीव्र भएको छ । तर, शनिबार रातिसम्म दलहरुबीच कुनै सहमति हुन सकेको छैन ।

शनिबार विहान प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । साँझ एमाओवादी शीर्ष नेताहरुले कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् ।

सत्तारुढ दलहरुसँगको छलफलमा एमाओवादीले अन्तरवस्तुमै सहमति गर्न प्रस्ताव गरेको छ । तर, कांग्रेस र एमालेेले भने आन्दोलन रोक्न भनेका छन् । ‘तपाईहरु सहमतिबाटै संविधान बनाउन साँच्चिकै इमान्दार हो भने अन्तरवस्तुस्मा सहमति गरौं’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने-‘त्यसका लागि तपाईहरुले आफ्नो पार्टीमा निर्णय गर्नुस् र दुई पार्टीले पनि सहमति गर्नुस् भनेका छौं ।’

स्रोतका अनुसार दलहरुबीच संघीयताबारे विभिन्न विकल्पमा छलफल भए पनि कुनै सहमति भएको छैन । ‘खासगरी नाम र पाँच जिल्लाबारे सहमति हुन सकेको छैन’ सत्तारु दलका एक नेताले भनेका छन् ।

कांग्रेस र एमालेका नेताहरुले भने आन्दोलन रोक्न प्रचण्ड मोर्चालाई आग्रह गरेका छन् । ‘सहमतिबाट संविधान बनाउने सहमति गरौं तर, त्यसका लागि आन्दोलन रोक्नुपर्छ’ कांग्रेस प्रवक्ता दिनेन्द्र बडूले अनलाइनखबरसँग भने ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले १५ गतेसम्म सहमति गर्न दलहरुलाई आग्रह गरेका छन् । अन्यथा अवरुद्ध संविधानसभा बैठक बोलाउने र प्रक्रिया अघि बढाउने चेतावनी दिँदै आएका छन् ।

३० दलीय मोर्चाले भने १५ गतेबाटै आन्दोलनका कार्यक्रम सुरु गर्दैछ । ‘सहमति भएन भने हामी आन्दोलनका कार्यक्रम अघि बढाउँछौं’ श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment