Comments Add Comment

सेतो मच्छिन्द्रनाथको रथलाई आज लगनमा परिक्रमा गराइने

१६ चैत, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा लिइने सेतो मच्छिन्द्रनाथको रथलाई सोमबार साँझ लगनमा परिक्रमा गराइने भएको छ । रथलाई आइतबार नै लगनस्थित माताको मन्दिर अगाडि पुर्‍याइए पनि विधिअनुसार मन्दिर परिक्रमा गराउन नसकिएपछि आज परिक्रमा गराउन लागिएको पूजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए ।
seto-Machindranath-jatra
रथलाई सयौं युवा तथा युवतीको सहभागितामा हर्षोल्लासका साथ हनुमानढोकाबाट तानेर स्थानीय मोइपाट, जैशीदेवल, ज्यावाल हुँदै लगनमाता मन्दिरमा पुर्‍याइएको थियो ।

चैत शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु भएको सो रथयात्रा लगनस्थित मच्छिन्द्रनाथको माताको मन्दिरमा रथलाई तीन पटक परिक्रमा गराएर आमा तथा छोराको भेट गराउने चलन रहेको भए पनि त्यसो हुन सकेछन । असनमा एक रात तथा हनुमानढोकामा एक रात राखेर त्यहाँ पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment