Comments Add Comment

राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक विराटनगरमा

१६ चैत, काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक सोमबारदेखि सुरु हुँदैछ । विराटनगरमा तीन दिन चल्ने बैठकमा संविधान निर्माणमा देखिएको गतिरोध, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, भावी कार्यक्रमलगायतका विषयमा छलफल हुनेछ ।
kamal thapa-2
त्यस्तै अध्यक्ष कमल थापाले समसामयिक राजनीति र भाबी कार्यदिशा, महामन्त्री चन्द्रबहादुर गुरुङले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष उद्दव पौडेलले आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा.धवल राणाले संगठन निर्माण सम्बन्धि कार्ययोजना, अञ्चल संयोजक र भातृ संगठनका प्रमुखहरुले प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

चैत १८ गतेसम्म चल्ने बैठकले वार्ता प्रकृया अघि बढिरहेको राप्रपासंगको एकता बारे गम्भीर छलफल गर्ने, एकताको सकारात्मक र नकारात्मक पक्षबारे समिक्षा गर्ने र राप्रपा लगायत देशभक्त राष्ट्रवादीहरुका बीच मोर्चा, कार्यगत एकता वा एकीकरण प्रकृया कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

पार्टी स्थापना भएपछि पहिलोपटक राजधानी बाहिर बस्न लागेको बैठकमा सहभागी हुन अध्यक्ष कमल थापा लगायत पार्टीका सबैजसो नेताहरु आइतबार नै विराटनगर पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment