Comments Add Comment

झुक्किएर ब्याट्रीको पानी खाँदा युवकको मृत्यु

१६ चैत, महोत्तरी । पानी सम्झेर ब्याट्रीको पानी खाँदा महोत्तरीको पिपरा गाविसमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा गाविस–२ बस्ने ३० वर्षीय बमबम मिश्रा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत साता भारतको झारखण्ड राज्यमा अवस्थित देवघर (बाबाधाम) गएका युवक मिश्राले सोही ठाउँमा तिर्खा लागेको बेला पानी सम्झेर झुकिएर ब्याट्रीको पानी खाइदिँदा उनी सिकिस्त बिरामी भएका थिए ।

बाबाधाममै बिरामी परेका युवक मिश्रालाई साथीहरुले घर ल्याएर परिवारजनले उनलाई उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा लगेको थिए । गएराति उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment