Comments Add Comment

प्रचण्ड मोर्चाको बन्दले भैरहवा बजार ठप्प

Bhairahawa-Bajar-Banda

सलमान खान

१६ चैत, भैरहवा । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेको भैरहवा बन्दको सामान्य प्रभाव परेको छ । बजार, पसल, बैंक तथा वित्तीय संस्थाहरु अधिकांश बन्द छन् ।

सवारी साधन सन्चालनमा भने रोक नलगाइएकोले निर्वाध सन्चालन भैरहेका छन् । बन्द आह्वानकर्ता सडकमा खासै देखिएका छैनन् ।

आइतबारको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मोर्चाले सोमबार एक दिनका लागि बन्द आह्वान गरेको थियो । लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा करिब १५ जना घाइते भएका थिए ।

मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार जिल्ला प्रशासन लगायत केही सरकारी कार्यालयहरु पनि घेराउ गरिएको मोर्चामा आबद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माले बताए ।

भैरहवामा बिहानैदेखि पानी परिरहेकोले मोर्चाको कार्यक्रम प्रभावित भएको थियो । रुपन्देही प्रशासनले भने अपि्रय घटना हुन नदिन सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment