Comments Add Comment

दिसामुक्त गाउँ बनाउन सभासदको घरदैलो अभियानमा

१७ चैत, रौतहट । रौतहटको फतुवा हर्षाहा गाविसलाई खुल्ला दिसामुक्त गराउने उद्देश्यले सोमबार घरदैलो अभियान सुरु गरिएको छ ।

आगामी वैशाख मसान्तसम्म फतुवा हर्षाहा गाविसलाई खुल्ला दिसामुक्त गाविस गराउने उद्देश्यले रौतहट क्षेत्र नं ५ का सभासद् जितेन्द्र यादव, सुनिलसहित विभिन्न राजनीतिक दलका कार्यकर्ताको सहभागितामा घरदैलो अभियान गरिएको हो ।

फतुवा हर्षाहा गाउँ सरसफाइ तथा स्वच्छता समन्वय समितिको सक्रियतामा आयोजित उक्त घरदैलो अभियानमा सभासद् यादवले घरघरमा पुगी शौचालय निर्माण गर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको थियो । जम्मा ६ सय ५८ घरधुरी रहेको फतुवा हर्षाहा गाविसमा हालसम्म तीन सय घरधुरीमा मात्र शौचालय निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment