Comments Add Comment

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

१७ चैत, गौशाला । बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।

balatkarपक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई कार्यरत प्रहरी हवल्दार बिजकिशोर यादव रहेको प्रहरीनायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

सोमबार साँझ जिल्लाको सोनामाई–१ बस्ने युवती आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका–४ स्थित न्यू परदेशी एसी होटलमा खाजा खान आएको बेला प्रहरी हवल्दार यादवले निजकी साथीलाई कुटपिट गरी भगाई उनीसँग बलात्कार गरेको पीडितले आरोप लगाएका छन् ।

घटनापश्चात् पीडितले जिप्रकामा आएर घटनाबारे जानकारी गराउँदा यादवलाई तत्काल पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीनायव उपरीक्षक श्रेष्ठले बताए । साथै पीडितलाई समेत प्रहरीको महिला सेलमा राखिएको छ । आज जिल्ला अस्पताल महोत्तरीमा उनको जाँच गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment