Comments Add Comment

स्वाइन् फ्लू भएका एमाले नेता ढकाललाई दिल्ली नलगिने

१७ चैत, काठमाडौं । स्वाइन फ्लू र निमोनिया बिग्रिएर गम्भिर बिरामी परेका एमाले पोलिटव्यूरो सदस्य संसदको राज्य व्यवस्था समितिका पूर्व सभापति रामनाथ ढकाललाई थप उपचारका लागि दिल्ली नलैजाने निर्णय भएको छ ।

Ramnath Dhakalढकालको उपचारका संलग्न डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको परामर्शपछि दिल्ली नलाने निर्णय भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

ढकालको अवस्था अझै पनि खतरामुक्त नरहेको चिकित्सकहरुले बताएका छन् ।

स्वाइन फ्लू, निमोनिया जस्ता रोगबाट एकैपटक ग्रस्त भएर पाँच दिनअघि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका ढकालको स्वास्थ्यमा खासै सुधार नआएको चिकित्सकहरुले बताएका छन् ।

‘अस्पतालको भेन्टिेलटरमा भएको विरामीलाई हेलिकोप्टरमा राखेर लैजाने, फेरि एम्बुलेन्सबाट विमानसम्म लैजाने र उता लगेपछि फेरि एम्बुलेन्सबाट अस्पताल लैजादा झन् समस्या हुने कुरा आयो’ भट्टराईले भने ।

डाक्टरहरुले दिल्लीको एपोलो अस्पतालमा जुन उपचार हुने हो त्यो उपचार बिधी ग्राण्डीमै रहेको बताएका छन् । ढकाल ग्राण्डी अस्पतालको भेन्टिलेटरमा छन् ।

गए रातीदेखि सामान्य ज्वरो आउने र रगतमा डब्लुबिसीको मात्रा बढे पनि खतरामुक्त भने नरहेको जानकारी चिकित्सकहरुले दिएको उनले बताए ।

एमाले लुम्बिनी अन्चल इन्चार्ज समेत रहेका युवा नेता ढकालको उपचारमा संलग्न चिकित्सकहरुसँग एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव बिष्णु पौडेल लगायतका नेतारुले परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment