Comments Add Comment

कर तथा राजश्व नीति परिमार्जन गर्न चेम्बरको सुझाव

Chembar-and-Tax-Sectary

१८ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर तथा राजश्व नीतिलाई समसामयिक रुपमा परिमार्जन गर्नुपर्ने बताएका छन् । बुधबार राजश्व सचिव नवराज भण्डारीसँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् । 

भेटवार्तामा कर तथा राजश्वसँग सम्बन्धित विषयमा छलफल भएको थियो । अध्यक्ष श्रेष्ठले अव्यवहारिक कर तथा राजश्व नीति एवं भन्सार दरबन्दीले उत्पन्न अनाधिकृत व्यापार, मिसम्याच, न्यून विजकीकरण, अधिक विजकीकरण लगायतका समस्याका बारेमा जानकारी गराएका थिए ।

चेम्बरले मूल्य अभिवृद्धि कर, आयकर ऐन, अन्तःशुल्क ऐन, भन्सार ऐन लगायत राजश्व प्रशासन सुधारका विषयमा दिएका सुझावहरु कार्यान्वयन भएमा कर तथा राजश्वका अधिकांश समस्या सम्बोधन हुने बताए ।

राजश्व सचिव नवराज भण्डारीले कर तथा राजश्वमा विषयमा निजी क्षेत्रले भोगेका समस्या र समाधानका उपायहरुलाई सह्रानिय भएको बताउँदै आगामी बजेटमार्फत निजी क्षेत्रका उचित समस्या सम्बोधन गर्न प्रयास गर्ने आश्वासन दिए ।

भेटवार्तामा चेम्बरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, कार्यवाहक महासचिव निलकण्ठ चौलागाईं, सचिवहरु देवेन्द्र भक्त श्रेष्ठ, पर्शुराम दाहाल, सहकोषाध्यक्ष राजारत्न तुलाधर लगायत कार्यसमिति सदस्यहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment