Comments Add Comment

यमनमा अलपत्र नेपालीको उद्दार भारतीय दूतावासको भरमा

१९ चैत, काठमाडौं । अहिले गृहयुद्धमा फसेको द्वन्द्वग्रस्त मुुलुक यमनमा कति नेपाली कार्यरत होलान् ? सरकारसँग यकिन तथ्याङ्क नहुँदा त्यहाँ अलपत्र परेका नेपालीहरुको उद्दारमा कठिनाइ भएको छ ।

yemen-flagअरेबियन मुलुक यमन अहिले गृहयुद्धमा छ । त्यहाँ अहिले जताततै हवाइ हमला र युद्ध भइरहेका छन् । अलकाइदा लडाकुहरु पनि आक्रमणमा उत्रिएका छन् । द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीमाथि असुरक्षाको स्थिति सिर्जना भएको छ ।

यमनका विभिन्न शहरमा कार्यरत नेपालीसँग सम्पर्क गर्ने र उद्दार गर्ने क्रम जारी रहेको परराष्ट्र मन्त्रालायले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको मध्य तथा पश्चिम एशिया महाशाखाले विभिन्न संयन्त्र लगाएर यमनमा  अलपत्र रहेका नेपालीबारे जानकारी लिन खोजे पनि सबै नेपाली सम्पर्कमा आउन सकेका छैनन् ।

यमनमा काम गर्न पुग्ने अधिकांश नेपालीहरु अवैध बाटोबाट त्यहाँ गएका हुन् । कतिपयसँग आधिकारिक कागजपत्र समेत छैनन् ।

हाल यमनमै रहेका गैरआवासीय नेपाली प्रचण्डमान श्रेष्ठमार्फत सरकारले त्यहाँ कार्यरत नेपालीहरुसँग सम्पर्क, समन्वय र उद्दारको प्रयास गरिरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । हालसम्मद १० जना नेपालीलाई उद्दार गरी घर फर्काइएको छ ।

हाल पनि करीव तीन दर्जन नेपाली अलपत्र अवस्थामा रहेको प्रचण्डमान श्रेष्ठले सरकारी निकायलाई जानकारी गराएका छन् ।

भारतीय दूतावासको भर

भारतले अफ्रिकी मुलुक डिजिबौटी हुँदै भारतीय नागरिकलाई यमनबाट बाहिर लैजाँदैछ, डिजिबौटीमा पनि नेपाली दूतावास नभएकाले त्यहाँ पुगेपछि नेपालीहरु आफैंले व्यवस्था गरेर नेपाल फर्किनुपर्छ

यमनमा नेपाली दूतावास खोल्ने प्रस्ताव आइसके पनि हालसम्म निर्णय नभएकाले भारतीय दूतावाससँग भर पर्नुपरेको एनआरएनका श्रेष्ठले बताए ।

यमनकै लाज शहर नजिक रहेको नेशनल सिमेन्टमा कार्यरत पाल्पा सुमादीका खुमानन्द पौडेल लगायत केहीलाई पनि भारतीय नागरिकसँगै उद्दार गरिएको छ ।

मन्त्रालयका अनुसार ९५ भारतीय नागरिकसहित केही नेपालीलाई लाज शहरबाट २ सय ५० किलोमिटर टाढा रहेको ताइफ भन्ने ठाउँमामा सुरक्षित रुपमा राखिएको जानकारी प्राप्त भएको छ ।

यमनको प्रमुख सहर अडेन र सानामा नेपाली बढी जोखिममा छन् ।  अडेमा भारतीयहरुको संख्या पनि धेरै छ । भारतीय दूतावासको समन्वयमा उद्दार भइरहेका भारतीय नागरिकसँगै नेपाली नागरिकलाई पनि घर फर्काउन कुटनीतिक तहबाट पत्राचार भएको छ ।

भारतले अफ्रिकी मुलुक डिजिबौटी हुँदै भारतीय नागरिकलाई यमनबाट बाहिर लैजाँदैछ । डिजिबौटीमा पनि नेपाली दूतावास नभएकाले त्यहाँ पुगेपछि नेपालीहरु आफैंले व्यवस्था गरेर नेपाल फर्किनुपर्छ ।

कोको आए सम्पर्कमा ?

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एडेन शहरको लुलु सुपर मार्केटमा कार्यरत ५ जना नेपालीसँग सम्पर्क भएको छ । उनीहरुको नाम समेत मन्त्रालयमा आइपुगेको छ ।

एडेन शहरमा अनिल विश्वकर्मा, सन्तोष जिटी, प्रकाश डोटेल, लेखनाथ खनाल र मनोज भट्टराई नेपाली नियोगको नियमित सम्पर्कमा आएका छन् ।

उनीहरुलाई उद्दारका लागि सुपर मार्केटका महाप्रबन्धकसँग कुरा भएको र त्यहाँ नेपाली दूतावास वा नियोग नरहेकाले भारतीय नागरिकसँगै उद्दार गरी पठाउन सानास्थित भारतीय दूतावासमा लेखेर पठाइएको स्रोतले जनाएको छ ।

त्यस्तै एडेन शहरस्थित ग्रायण्ड होटलमा कार्यरत रामेछाप रामपुर-३ का गुणदास श्रेष्ठ र भक्तबहादुर श्रेष्ठ पनि सरकारी संयन्त्रको सम्पर्कमा आएका छन् ।

त्यस्तै ऐडयन शहरस्थित पिजाहटमा विगत ४ वर्षदेखि कार्यरत रुपन्देही देवदहका शन्तोष पाण्डे र बारा सपहीका प्रभु चौधरी पनि नेपाल सरकारसँगको सम्पर्कमा आइपुगेका छन् । उनीहरुलाई पनि भारतीय दूतावासमा विवरण पठाई उद्दार गर्ने प्रयास भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment