Comments Add Comment

राजधानीको न्यूरोडमा चैत २८ देखि मोबाइल कार्निभल

Mobile-Karnival
१९ चैत, काठमाडौं । नयाँ वर्षको अवसर पारेर राजधानीको न्यूरोडमा मोबाइल कार्निभल आयोजना गरिने भएको छ । चैत २८ देखि बैशाख १ गतेसम्म सञ्चालन हुने मोबाइल कार्निभल पाको युथ क्लबले आयोजना गर्न लागेको हो ।

मोबाइल कार्निभलमा ताम्राकार कम्प्लेक्सका सबै मोबाइल पसलहरुको सहभागिता हुने बताइएको छ । महोत्सवले पाको न्यूरोड क्षेत्रलाई मोबाइल हबको रुपमा स्थापित गर्न सहयोग पर्‍ुयाउने अपेक्षा व्यवसायीहरुको छ ।

मोबाइल कार्निभलमा मोबाइल म्यूजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाका लागि गेमिङ जोन, गणेश पुजा लगायतका गतिविधिहरु आयोजना गरिन क्लबका अध्यक्ष अमृतमान मानन्धरले जानकारी दिए ।

मोबाइल खरिदकर्ताले आकर्षक छुटमा मोबाइल तथा एसेसरिज खरिद गरेर नयाँ वर्षको खुशीयाली बाँडन पाउन भन्ने मोबाइल कार्निभलको उद्देश्य रहेको छ । कार्निभलको अवसरमा मोबाइल खरिदकर्तालाई विभिन्न किसिमका उपहार तथा स्कीमहरु राखिएका छन् ।

कार्निभल अवधिभर १० लाख उपमोक्ताहरुको सहभागिता रहने आयोजकको अनुमान छ । एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहार सहित छुट दिइने बताइएको छ ।

कार्निभलमा सामसुङ, हुवावे, माइक्रोसफ्ट तथा नोकिया, सोनी, एप्पल, जियोनी, कलर्स, डिटिसी, माइक्रोम्याक्स, इन्टेक्स, सेलकोन, लाभा, बिक्यू, जोलो, विनकम, फ्लाई, भिडियोकोन, बर्डलगायतका मोबाइल ब्राण्डहरुको सहभागीता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment