
१८ चैत, काठमाडौं । आइतबार राति बारा-पर्सामा आएको आँधी-हुरीमा गम्भीर घाइते भएका थप दुई जनालाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट बिरामीसहित ५ जना कुरुवालाई काठमाडौं ल्याइएको हो ।
नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालका अनुसार दुई जनालाई नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिनेछ ।
यसअघि सोमबार बिहान सेनाको स्काई ट्रक विमानमार्फत ल्याइएका ६ जनाको पनि त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
घटनामा ३१ जनाको मृत्यु भइसकेको छ भने ७ सय बढी घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4