+
+
Shares

आजबाट प्रदर्शनमा ‘अक्षरा’, किन रोकियो ‘टनेल–२६’ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते ८:५६

आज शुक्रबार फिल्म प्रदर्शनको होडबाजी छैन । प्रदर्शनरत फिल्महरूले पनि उति बाधा–अड्चन गर्नेवाला छैनन्, ‘दृश्यम–३’ बाहेक । यही मौकामा भने एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हो, ‘अक्षरा’ ।

यही मितिमा ‘टनेल–२६ : द कर्स बिनिथ द माउन्टेन’ पनि नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने तय थियो । भुटानमा नियमित तालिकाअनुसार नै प्रदर्शनमा आए पनि नेपालमा भने प्रदर्शन स्थगित गरिएको बताइन्छ ।

यसअघि विज्ञप्ति जारी गर्दै निर्माण टिमले लेखेको थियो, ‘असोज २३ गतेबाट प्रदर्शनमा आउने भनेका थियौँ । तर, फिल्म भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा एकसाथ दर्शकमाझ पुर्‍याउने तयारी भएकाले हाललाई प्रदर्शन स्थगित गरिएको छ ।’

यता, ‘अक्षरा’ भने प्रदर्शनमा आएको छ । कुनै स्टार कास्टबिना, ठूलो तामझाम नगरी यो फिल्म हलमा चढेको छ । अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ । यसमा सुशील सिटौला, न्यासी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेतलगायतको अभिनय छ । फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन् ।

अहिले सिनेमा हलहरूमा ‘दृश्यम–३’ को दबदबा कायमै छ । टम क्रुजको ‘डिगर’ले पनि खासै जादु देखाउन सकेको छैन । नेपाली फिल्महरू ‘बा एक योद्धा’, ‘पेन्सन पट्टा’ र ‘झिँगेदाउ–२’ लगायतमा दर्शकको चाप उल्लेख्य छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?