News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्काले तेस्रो कथानक फिल्म 'अक्षरा'को छायांकन २७ बैशाखदेखि काठमाडौं र हेटौंडामा सुरु गर्ने तयारी गरिरहेकी छन्।
- 'अक्षरा' महिला सशक्तीकरण र समानताको सन्देश दिने फिल्म हो जसको निर्देशन विनयराज पौडेलले गर्नेछन् र न्यान्सी शीर्ष भूमिकामा रहनेछिन्।
- फिल्मको निर्माण क्षितिज बाबु प्रोडक्सन हाउसले गर्नेछ र पटकथा अभिमन्यु निरवीले लेखेका छन्, विनयराज पौडेलले निर्देशनमा डेब्यू गर्नेछन्।
काठमाडौं । पूर्वमिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्काले तेस्रो कथानक फिल्म ‘अक्षरा’को छायांकन शुक्रबारदेखि थालेकी छन् । पशुपतिको गुह्येश्वरी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन सुरु भएको हो ।
‘१२ गाउँ’ डेब्यू गर्लले हालै अनमोल केसीसँगको फिल्म ‘बाटुलो जून’ छायांकन सकेकी छन् । ‘अक्षरा’मा न्यान्सीलाई शीर्ष भूमिकामा देख्न पाइनेछ । यसका लागि उनले आफूलाई मानसिक र भौतिकरुपमा तयार पारेकी छन् ।
यो महिलाप्रधान फिल्ममा न्यान्सीले आफ्नो तौल पनि घटाएकी छन् । ‘बाटुलो जून र अक्षरामा मेरो क्यारेक्टर सिमिलर छ । तर, पर्सनालिटी भिन्न छ’ न्यान्सी सुनिइन्, ‘यसका लागि निकै मिहेनत गरेकी छु ।’
महिला सशक्तीकरण र समानताको सन्देश दिने कथावस्तुमा बन्न लागेको फिल्म सहर केन्द्रित स्टोरी रहेको उनले सुनाइन् । हेटौंडाको एक गाउँ र काठमाडौंमा २७ बैशाखदेखि पूर्णरुपमा छायांकन थाल्ने तयारी छ ।

‘यो फिल्मलाई लिएर म निकै उत्साहित छु’ न्यान्सीले अनलाइनखबरसँग भनिन्, ‘अक्षरा हरेक नेपाली घरको कथा हो । यसकारण, दर्शकले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ ।’
विनयराज पौडेलले निर्देशन गर्ने यो फिल्ममा न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, पुस्कर राउत, रिश्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय हुनेछ ।
बालकलाकारमा रौनक खड्का र प्रिसा ढुंगाना हुनेछन् । क्षितिज बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्मको गीतकारमा सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी छन् ।
यो फिल्मको निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना छन् । पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् । दर्जनौ फिल्ममा सहायक निर्देशक भएर काम गरेका विनयले यो फिल्मबाट निर्देशकीय डेब्यू गरेका हुन् ।

प्रतिक्रिया 4