+
+
Shares

दशैंका लागि अग्रिम टिकट लिनेहरूको घुइँचो (तस्वीरहरू)

दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज २३ गते ९:१८

२३ असोज, काठमाडौं । दशैंमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ ।

कतिपय युवाहरू गएरातिदेखि नै नयाँबसपार्क क्षेत्रको टिकट काउन्टर अगाडि लाइन बसेका थिए ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

केही जिल्लाका यात्रु भने बिहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए ।

दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?