Comments Add Comment

घाइते लिएर काठमाडौं आइपुग्यो सेनाको स्काई ट्रक

प्रधानमन्त्रीलाई लिन झापा जाने तयारी

Photo Credit : प्रतीकात्मक तस्वीर

१८ चैत, काठमाडौं । नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्सा हावाहुरीमा घाइतेहरूलाई लिएर काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो ।

आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै ७ सय बढी घाइते भएका छन् ।

बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

ढकालले अनलाइनखबरसँग भने, ‘गृहमन्त्रालयसँगको काअर्डिनेशनमा हामीले उद्दार गर्ने हो, कुनमा अस्पताल लगिन्छ, टुंगो लागेको छैन ।’

गृहमन्त्रालयका अधिकारीहरुका अनुसार घाइते वीर हस्पिटल वा त्रिवि शिक्षण अस्पतालमा लग्ने तयारी छ । विमान अवतरण भएलगत्तै झापाका लागि पुनः उड्नेछ । त्यहाँबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर बाराको सिमरातर्फ जानेछ ।

ओलीले हावाहुरीबाट क्षति पुगेको क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment