Comments Add Comment

नेपाली मुसलमान विमोचित

book-news

२८ चैत, काठमाडौं ।  नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले अब्दुल सलाम खानद्वारा लिखित ‘नेपाल र नेपाली मुसलमान’ नामक पुस्तक विमोचन गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन हलमा शुक्रवार आयोजित कार्यक्रममा पुस्तक विमोचनपछि बोल्दै वैद्यले नेपालमा रहेका मुस्लिमलगायत विभिन्न जातजातिमा विभेद भइरहेको बताए । विश्वमा साम्राज्यवादीहरुले मुसलमान र कम्युनिष्टहरुलाई आतंककारी देख्ने गरेको उनको भनाई थियो ।

नेपाल मुस्लिम इत्तिहादका उपाध्यक्ष जाकिर हुसैनले नेपालका मुसलमानलाई राज्यले विभेद गर्दै आएको धारणा राखे ।

मदरसालाई आतंककारीको आश्रयस्थल भएको झुठा आरोप लगाएको बताउँदै मुसलमानका नदेखिएका र नलेखिएका इतिहासका पाटाहरु पुस्तकमा समेटेको बताए । यो पुस्तक मुसलमान मात्र नभएर गैरमुसलमानहरुको लागि पनि उपयोगी भएको बताए ।

सोही अवसरमा पुस्तकका लेखक अब्दुल सलाम खानले मुसलमानमाथि भइरहेको विभिन्न खालका विभेद अन्त्य हुनुपर्ने बताउँदै राज्यले मदरसा शिक्षालाई गलत प्रचार गरेर मुस्लिम समुदयमाथि चोट नपुर्‍याउनसमेत आग्रह गरे ।

सो अवसरमा मुस्लिम समुदयका विभिन्न बुद्धिजिवि, संघसंस्थाका प्रतिनिधि तथा सभासद्हरुले पुस्तकबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment