Comments Add Comment

युवाजोशलाई छेकेन त्रिशुलीको धमिलो पानीले (फोटो कथा)

५ वैशाख ।  तस्वीरमा एक युवतीलाई जिउँदै पुरिएको छ । बालुवाको थुप्रोमा एउटा सानो लठ्ठीसमेत गाडिएको छ ।
Rafting at Trishuli river (25)
एकजना भुसतिघ्रे युवक हातले बालुवा उठाउँदै युवतीलाई छोपिरहेका छन् । तर, यसमा अचम्म नमाने हुन्छ कि यो कुनै महिला हिंसाको घटना होइन, युवावस्थामा देखिने रमाइलो ‘स्टन्ट’ मात्रै हो यो ।
Rafting at Trishuli river (23)
यो दृश्य हो त्रिशुली किनारको । राजधानीको नजिकै भएकाले त्रिशुलीमा र्‍याफ्टिङ गर्ने/गराउनेहरुको भीड लाग्छ । र्‍याफ्टिङका क्रममा युवा युवतीहरु बालुवामा खेलेर समेत आनन्द लिने गर्छन् ।
Rafting at Trishuli river (17)
त्रिशुलीको र्‍याफ्टिङ अब विदेशी पर्यटकका लागिमात्रै सोखको विषय रहेन, यसमा अब नेपाली युवायुवतीको पनि उल्लेख्य उपस्थिति देखिन थालिसकेको छ । पानी जतिसुकै धमिलो किन नहोस्, यहाँ र्‍याफ्टिङ गर्नेहरुको भीड घटेको छैन ।

त्रिशुली रिभरसाइड रिसोर्टका सञ्चालक उद्धव कँडेलले दिएको जानकारी अनुसार मलेखुस्थित ४ किमी दक्षिणमा पर्ने मालिङ्गादेखि फिस्लिङसम्म एक दिने र्‍याफ्टिङको रुट रहेको छ ।

यो रुटमा र्‍याफ्टिङ गर्नेहरुलाई प्रतिव्यक्ति २२ सय रुपैयाँ शुल्क लाग्ने कँडेल बताउँछन् । ‘सो शुल्कमा हाम्रो कम्पनीले चार घण्टाको र्‍याफ्टिङका साथै एक छाक खाना र खाजा निशुल्क उपलब्ध गराउँछ, ‘उनले भने,’यही शुल्कमा हामीले मालिङ्गामा रहेको रिसोर्टको स्विमिङ पुलमा निशुल्क स्विमिङको समेत व्यवस्था गरेका छौं ।’

त्रिशुलीमा र्‍याफ्टिङको सुविधा उपलब्ध गराउने कक्डेलबा जस्तै करिब दुई दर्जन कम्पनीहरु छन् । यीमध्ये कतिपय कम्पनीले त्रिशुलीका साथै भोटेकोशी लगायतका अन्य नदीहरुमा पनि र्‍याफ्टिङलाई व्यवसायका रुपमा सञ्चालन गर्दै आएका छन् ।
र्‍याफ्टिङका थप दृश्य

Rafting at Trishuli river (22)

Rafting at Trishuli river (3)

Rafting at Trishuli river (8)

Rafting at Trishuli river (13)

Rafting at Trishuli river (17)

Rafting at Trishuli river (18)

Rafting at Trishuli river (19)

Rafting at Trishuli river (20)

Rafting at Trishuli river (26)

Rafting at Trishuli river (27)

Rafting at Trishuli river (29)

Rafting at Trishuli river (30)

Rafting at Trishuli river (33)

Rafting at Trishuli river (38)

तस्वीरः विवेक सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment