Comments Add Comment

इभाना मानन्धर भइन् मिस नेपाल २०१५

evanan manandhar
मिस नेपाल २०१५ को  उपाधी इभाना मानन्धर ले जितेकी छिन् । यसबर्ष प्रतिस्पर्धामा सहभागी अन्य १८ जना प्रतिस्पर्धीलाई उछिन्दै इभाना मानन्धर ले मिस नेपाल २०१५ को ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१४ सुबिन लिम्बुले ताज पहिर्याइदिइन् । कार्यक्रमका प्रमुख निर्णायक शंकर शर्माले सोधेको अबको पन्ध्र बर्षमा तपाई आफूलाई कस्तो अवस्थामा देख्नुहुनेछ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले नेपालकै सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगीताको उपाधी जितेकी हुन् ।

द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको २० औं संकरणमा इभाना मानन्धर ले उपाधी जित्दै मिस वल्र्डमा सहभागी हुने अवसर पाएकी छिन् । साथमा उनले विभिन्न पुरस्कार पनि प्राप्त गरेकी छिन् ।

यस्तै, यो बर्षको मिस नेपालमा मिस नेपाल फस्ट रनरअपको उपाधी दिव्यता वैद्यले जितेकी छिन् । मिस नेपाल सेकेन्ड रनरअपको उपाधी भने मेधा कोइरालाको पोल्टामा गयो । उनले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

यस्तै, विभिन्न १० टाइटलमा प्रतिस्पर्धीले पुरस्कार जितेका छन् । अघिल्ला बर्ष जस्तै यस बर्ष सम्पूर्ण विधाको घोषणा एकसाथ गरिएन । विभिन्न ५ विधामा पुरस्कार जित्नेहरुलाई उत्कृष्ट १० को छनोट पश्चात नै टाइटल प्रदान गरिएको थियो । जसमा मिस फोटोजेनिकको उपाधी दिव्यता वैद्यको पोल्टामा गयो । यस्तै, मिस इन्टेलेक्चुअल विधामा इभाना मानन्धरले टाइटल जितिन् । मिस स्कुलर अफ द इयर टाइटलको उपाधी सुदिपा पाठक, मिस कप्लेक्सनको उपाधी निश्मा चौधरी र मिस पपलुर नुनिड लिम्बु भएका छन् ।

मिस ट्यालेन्ट विधाको उपाधी पूजा श्रेष्ठ, गस गर्ल विधाकी विजेता इभाना मानन्धर, मिस बब्ली निश्मा चौधरी, मिस फ्रेन्डसिप विधाकी विजेता सोनु थापा मगर, मिस पर्सानालिटी इभाना मानन्धर, ब्यूटी विथ त पर्पजको उपाधी रेविका क्षेत्रीले जितेका छन् ।

कार्यक्रममा बोल्दै पूर्व मिस नेपाल सुविन लिम्बुले यो उपाधी जित्दा आफ्नो परिचय नै फेरिएको बताइन् । उनले गतबर्ष यही समयमा आफूले मिस नेपाल २०१४ को ताज जित्दा नयाँ खालको खुशी मिलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment