Comments Add Comment

रजनी र नम्रतासँग रमेशको लुकीचोरी रोमान्स

brashlet

काठमाडौ । १२ वर्षपछि अभिनयमा फर्किएका रमेश उप्रेती यतिबेला पोखरा माथिको गाउँमा दुई सुन्दरीसँग लुकीचोरी रोमान्समा ब्यस्त छन् ।

चलचित्र ‘ब्रासलेट’ मा मुख्य भुमिका निर्वाह गरेका रमेश रजनी केसी र नम्रता सापकोटासँग अनस्क्रिन रोमान्स रमाइरहेका छन् । निर्देशक निर्मल शर्माको निर्देशनमा बनिरहेको यो फिल्ममार्फत नै उनी एक दशकपछि नेपाली चलचित्रमा फर्किएका हुन् ।

Braslet1

‘क्यामेरा अगाडी उभिदा निकै रमाइलो लागिरहेको छ’ उनले भने ।

चलचित्रमा रमेश, नम्रता र रजनीको भुमिकावारे खुल्न चाहेनन् शर्मा । ‘तपाईले यति बुझ्नोस् ‘यो एउटा पारिवारिक फिल्म हो ।’ शर्माले भने ।

केशब भट्टराईको लगानी रहेको यो फिल्म युनिट पोखरा आसपासको सुटिङ सकेपछि काठमाडौ आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment